११ बैशाख २०८२, बिहीबार

बाँकेस्थित अम्बे स्टिल्समा आगलागी, अढाई करोड बढीको क्षति
  • न्युज मानसराेवर

बाँके\बाँकेको जानकीस्थित अम्बे स्टिल्समा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित अम्बे स्टिल्समा रहेको भट्टीमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा आगलागी भएको इलाका प्रहरी कार्यालय खजुराखुर्दले जनाएको छ ।

आगलागीबाट करिब २ करोड ६४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । आगालागीका कारण भने थाहा हुन सकेको छैन । शुक्रवार विहान साढे ६ बजेतिर लागेको आगो प्रहरी, स्थानीय र दुई वटा दमकलको सहयोगमा करिब सवा ८ बजेतिर नियन्त्रणमा आएको हो ।

अम्बे स्टिल्सको फ्याक्ट्रि र तेलको डिपोको दुरी करिब १०१५ मिटरको दुरीमा रहेको बताइएको छ । डिपोमा २ लाख लिटर तेल रहेको अम्बे स्टिल्सले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

  • १२ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech