११ बैशाख २०८२, बिहीबार

बाँकेमा बैङ्किङ कसूर मुद्दामा फरार एक जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\बैङ्किङ कसूर मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा, बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का वासिर अली शेष कबडिया रहेका छन् ।बाँके जिल्ला अदालतले उनी माथि बैङ्किङ कसूर मुद्दामा १ बर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि उनी हालसम्म फरार रहेको थिए ।

शेषलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

  • १३ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech