बाँके\तीन महिनामा सवा ४ लाख नेपाली बाहिरिएका छन् ।अध्यागमनको तथ्यांकअनुसार यो आर्थिक वर्षको कात्तिक, मंसिर र पुस महिनामा मात्रै वैदेशिक रोजगारी, विद्यार्थी, पर्यटक लगायतका भिसामा नेपालबाट ४ लाख १४ हजार ९२८ जना नेपालीहरू बाहिरिएका
हुन् । यही अवधिमा २ लाख ८४ हजार ६२१ जना नेपाल आएका छन् ।
अध्यागमन विभागको ३ महिनाको प्रगति प्रतिवेदनअनुसार सो ३ महिनामा अमेरिकन नागरिकहरू २६ हजार ७३७ जना नेपाल आएका छन् । नेपाल बसेर २१ हजार १६५ जना फर्केका छन् । यस्तै बेलायतबाट १६ हजार ३३७ जना आएका छन् । भियतनामबाट ४ हजार ७३२, संयुक्त अरब इमिरेट्सबाट ९३९ जना, अस्ट्रेलियाबाट ११ हजार २१८ जना, अष्ट्रियाबाट १ हजार २४३ जना, बंगलादेशबाट ७ हजार ७६६ जना, बेल्जियमबाट १ हजार ७१० जना, भुटानबाट १ हजार ५९४ जना, ब्राजिलबाट ७६० जना, क्यानडाबाट ३ हजार ८७९ जना, चीनबाट ३ हजार ५९० जना नेपाल आएका छन् ।
यस्तै चेक रिपब्लिकबाट १ हजार ५१३ जना, जर्मनीबाट ८ हजार २५२ जना, भारतबाट ५८ हजार ३३५ जना, इरानबाट ३३३ जना, इराकबाट २० जना, आयरल्यान्डबाट ८४० जना, इजरायलबाट २ हजार ४९२ जना, इटालीबाट ३ हजार ३९ जना, मलेसियाबाट ४ हजार ४७९ जना, म्यानमारबाट २ हजार ३२० जना, नेदरल्यान्डबाट ३ हजार ५७३ जना, पाकिस्तानबाट १ हजार ६५ जना, फिलिपिन्सबाट १ हजार ४३९ जना, पोल्यान्डबाट १ हजार ८०८ जना, रसियाबाट ३ हजार ४२ जना, सिंगापुरबाट २ हजार ४२५ जना, साउथ कोरियाबाट ४ हजार ५१२ जना, स्पेनबाट ३ हजार ५६३ जना, श्रीलंकाबाट २ हजार ३२५ जना, थाइल्यान्डबाट ७ हजार ८३ जना, टर्कीबाट १ हजार १६ जना विदेशीहरू नेपाल आएका छन् । विश्वभरका १९६ देशबाट २ लाख २५ हजार ८६५ जना विदेशीहरू नेपाल आएका छन् । नेपालबाट २ लाख २ हजार ६२८ विदेशीहरू फर्केका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशी पर्यटक नेपालमा घुम्न आउनेक्रम ठप्पजस्तै भएको थियो । यसको प्रभाव घटेसँगै विमानस्थलबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।
यो अवधिमा १ लाख ३८ हजार ६२६ जना विदेशीहरू पर्यटक भिसामा आएका छन् । त्यसबाहेक व्यावसायिक, डिपेन्डेन्ट व्यावसायिक र अस्थायी व्यावसायिक भिसामा ७८४ जना, ट्रान्जिट भिसामा ३७२ जना, वैवाहिक भिसामा ३२४ जना, विद्यार्थी भिसामा २१० जना, आवासीय भिसामा ४ जना, एनआरएन भिसामा ६८१ जना, रिलेसन भिसामा १ हजार ६७१ जना, ३९० जना, कूटनीतिक भिसामा २७० जना, अफिसियल भिसामा ४२८ जना लगायतमा नेपालमा आएको अध्यागमनको तथ्यांक छ ।