बाँके\राष्ट्रपति निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ ।
निर्वाचन कार्य तालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपतिको उम्मेदवारमा नेपाली काँग्रेससहित ८ दलले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेका छ भने नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेको छ ।