२२ असार २०८२, आईतवार

कोहलपुर नगरले ल्यायो विद्युतीय गाडी
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकाले नगर प्रहरीकालागि विद्युतीय गाडी खरिद गरेको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरीद गरिएका विद्युतिय गाडी केही दिनभित्रै प्रयोगमा ल्याउने तयारी गरीएको छ ।

साइकल, मोटरसाइकल र टिप्परमा गस्ती गरिरहेका नगर प्रहरीहरुको सहजताकालागि खरिद गरीएको गाडीबाट नगरका १ दखी १५ वटै वडामा गस्ती गरीने कोहलपुर नगरपालिकाले जनाएको छ।  नगरपालिकालेनगर प्रहरीको आवश्यकताअनुसार गाडी खरिद गरिएको हो ।

नगर प्रहरीले विभिन्न सामग्री ओसारपसार गर्दा नगरपालिकाको टिप्परको प्रयोग गर्दै आएको छ । यस्तै कोहलपुर नगर प्रहरीले हरेक दिन पाँचवटा साइकलमा गस्ती गरिरहेको छ भने नगर प्रहरीको काम कै लागि दुईवटा मोटरसाइकल समेत प्रयोगमा रहेको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकामा २४ नगर प्रहरी र पाँच जना सरसफाइकर्मीको दरबन्दी छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech