बाँके\हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सृजना कला साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यता, प्रज्ञा परिषद सदस्य त्रैलोक्यमान बनेपाली र प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको उपस्थितिमा मातृभाषा, बाल साहित्य र समालोचना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
उपकुलपति विमल निभा तथा प्राज्ञ त्रैलोक्यमान श्रेष्ठले आफूहरू सम्भावनाको खोजी गर्दै सपथ लिएपछिको पहिलो कार्यक्रमका रुपमा बाँके बर्दिया आएको बताएका छन। कार्यक्रममा बाल सहित्यका बारेमा किरण आचार्य, समालोचनाका बारेमा इश्वरी प्रसाद रिजाल र ऊर्दू तथा अवधी भाषा साहित्यका बारेमा क्रमशस् सरवर नेपाली र सचितानन्द चौवेले जानकारी गराए ।
कार्यक्रममा प्राज्ञ प्रतिष्ठानका प्रज्ञा सभा सदस्यहरू महानन्द ढकाल र शशिराम कार्कीको आफूहरूले यस क्षेत्रको भाषा साहित्यको विकासका लागि सक्दो पहल गर्ने बताए । प्रा.डा. गोपाल प्रसाद अधिकारी, प्रा.डा. जनार्दन आचार्य, अब्दुल लतिफ शौंक र खगेन्द्र गिरी कोपिला सहभागी रहेको कार्यक्रममा मणि अर्याल, सुमित्रा न्यौपाने, चरित्रा शाह, जमिल हासमी, मस्तफा हसन, पुष्पमणि प्रधान, हिरालाल चिन्तक, बिक्रम शिशिर, विपि अस्तु, लेक प्रसाद प्याकुरेल, भिम बहादुर शाही, बोधराज प्याकुरेल, पंकज श्रेष्ठ, कल्पना खरेल, ललित प्रकाश चन्द, लक्ष्मी बस्याल, पुष्षा भट्टराई, पवन जैसवाल लगायतको उपस्थितिमा उक्त अन्तर संवाद गरिएको प्राज्ञ महानन्द ढकालले जानकारी गराएका छन।