२५ जेष्ठ २०८२, शनिबार

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। आज भएको मतदानबाट उनी राष्ट्रपति चुनिएका हुन्।

आठ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेका थिए।

  • २५ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech