कोहलपुर\ नेकपा एमालेनिकट अनेरास्ववियुलेआगामी चैत्र ३ गते हुने स्ववियु चुनावमा कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको बिरासत जोगाउने गरी चुनावी अभियानमा रहेको अनेरास्ववियु बाट अध्यक्ष पदका उम्मेदवार देबेन्द्र बुढाले बताएका छन।
बागेश्वरी बहुमुखी क्याम्पसको स्ववियुको ईतिहासमा अनेरास्ववियु बाट उम्मेदवार बनेका ३ सभापति सहित विजय हासिल गर्न सफल भएको इतिहास रहेको छ । गर्भिलो ईतिहासलाई संस्थागत गर्नाका लागि पार्टीका सबै भातृय संगठनहरुको सहयोग आवश्यक रहेको समेत अध्यक्ष पदका उम्मेदवार बुढाले बताएका छन ।
उनले आफुले बिद्यार्थीका हकहितका लागी निस्वार्थ तरिकाले सहयोगीको भुमिका निभाएकाले आम बिद्यार्थीहरुको अभिमत आफनो प्यानलको पक्षमा हुने विश्वास समेत व्यक्त गरेका छन।अनेरास्ववियुको पहलमा थेसिस लेख्दा तिर्नुपर्ने शुल्क खारेज गराउन सफल भएको बताए । उनले शैक्षिक सुधारका निम्ति र निम्न वर्गहरुको उत्थान गर्नाका लागि सधै कटिवद्ध रहेने बुढाले भनेका छन।
पत्रकार भेटघाट कार्यक्रममा सचिव पदका उम्मेदवार महेन्द्र प्रकाश मल्ल, कोषाध्यक्ष पदका उम्मेदवार सुरेश चदारा, सदस्यहरुमा सिर्जना मल्ल, तुलाराम भट्टराई,अमिसा बोहरा र तिर्थ कुमारी नकालले समेत आफनो उम्मेदवारी बारे गराएका छन।
त्यसै गरी अनेरास्ववियुको तर्फबाट यस पटकको चुनावी मोर्चामा यस अघि बिजयी भएका सभापतिहरु अब्दुल हुसेन खाँ, सुर्य रोकाय र दिनेश के.सि. यस प्यानको पक्षमा एकबद्ध रहेको भन्दै विजयी बनाउन आ आफनो क्षेत्रबाट पहल गर्ने पुर्व स्ववियु सभापति सुर्य रोकायले बताए । रोकायले बाहिर सतहमा आएको जस्तो अनेरास्ववियु भित्र कुनै बिबाद नभएको दावि समेत गरेका छन।