बाँके\बाँकेको खजुरास्थित ज्ञानोदय वहुमुखी क्याम्पसमा आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
अनेरास्ववियुका तर्फबाट अध्यक्षमा विनयकुमार यादव १०१ मत प्राप्तगरी विजयी भएका हुन।
त्यसै गरी अध्यक्षमा अखिल क्रान्तिकारीका मो। सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गरेका थिए ।
यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुन मगर विजयी भएका छन। यसैगरी सदस्यमा सपना थापा क्षेत्री १११, मो. उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी भएका छन। मतदानमा कूल २२२ मत खसेको थियो ।
समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् । बाँकेको , जन सिद्धेश्वर वहुमुखी क्याम्पस र बागेश्वरी वहुमुखी क्याम्पसमा मतगणना जारी छ ।