२७ असार २०८२, शुक्रबार

नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्षमा अखिल क्रान्तिकारीका दिपिका सोनी विजयी भएकी छन।  अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका सोनी ८१ मत प्राप्त गरी विजयी भएकी हुन ।

नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गरिन।

यसैगरी सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भइन।  कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी भएकी छन।  त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको नर्सिङ्ग क्याम्पसमा आइतबार भएको निर्वाचनमा १६१ जना मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो ।

स्ववियु निर्वाचनमा एमाले सम्वद्ध अनेरास्ववियु र नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनबीच प्रतिष्पर्धा भएको हो । सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी बिजयी  भएकी छन।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech