१२ मंसिर २०८१, बुधबार

बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी
  • न्युज मानसराेवर

बाँके\बाँकेको जन सिद्धेश्वर बहुमुखी  क्याम्पस , फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिसहित बहुमत पदमा नेविसंघ विजयी भएको छ ।

नेविसंघका निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी भएकी छन। कुल २०३ मत खसेकोमा अखिल (क्रान्तिकारी)का इन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धिराम थारुले ४४ मत, अनेरास्ववियुका हस्तबहादुर घर्ती मगरले १४ मत प्राप्त गरेका थिए । सचिवमा नागरिक विद्यार्थी समाजका गंगाराम थारु ७५ मत प्राप्त गर्दै विजयी भएका छन।

कोषाध्यक्षमा अनेरास्ववियुका रमेशबहादुर थारु ७५ मत प्राप्त गरेरविजयी भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सदस्यमा नेविसंघका कौशल बर्मा, ओमप्रकाश धोवी, अनामिका मौर्य, विपना घर्ती मगर र नागरिक विद्यार्थी समाजका विश्राम थारु विजयी भएका छन।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech