बाँके\नेकपा एमाले जिल्ला कमिटी बाँकेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम बाँकेमा सम्पन्न गरिएको छ ।
जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएकोे हो । मिसन ग्रासरुट तथा राष्ट्रिय युवासंघको नवौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम बाँकेको नेपालगन्जमा सम्पन्न भएको हो ।
भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै संघिय संसद तथा नेकपा एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले चैत्र २७ देखी २९ गतेसम्म बाँकेमा हुन गईरहेको नवौ राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन संगठनमा आवद्ध सबैको महत्वपुर्ण भुमिका रहने बताएका छन।
महाधिवेशनमा ७७ वटै जिल्लाबाट १७ सयको हारहारीमा प्रतिनीधिहरु आउने संघिय सांसद तथा नेकपा एमाले बाँकेका इन्चार्ज ढकालले जानकारी गराए। उनले महाधिवेशन बाँकेमै हुनेभएकोले अवसर र चुनौती दुबै भएको बताउदै अनुसाशन ढंगले सम्पन्न गराउनको निमित्त सबै युवा तथा कार्यकर्ताहरु एकबद्धता हुन आवश्यक रहेको समेत उल्लेख गरेका छन। ढकालले युवा शक्ति नै देशको मेरुदण्ड रहेको बताउदै सफल र सभ्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त समेत गरेका छन।
नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनमा गठबन्धनलाई पछार्दै एमालेको भातृसंगठन अनेरास्ववियु अग्रपंक्तिमा रहेको बताउदै बाँकेको खजुरामा, कोहलपुरको र नेपालगन्जमा अनेरास्वविय प्यानललाई बिजयी गराउँन सफल भएको बताए । उनले नेकपा एमालेको केन्द्रिय सदस्य कोमल ओलीले निर्वाचनमा पराजित भएको, निर्वाचनका लागि तयारीमा रहेका र निर्वाचनबाट जित हाशिल गरेर जनप्रतिनीधि भएका सबैकालागी यस्ता कार्यक्रम महत्वपुर्ण हुने छ उनले भनेका छन।