११ बैशाख २०८२, बिहीबार

८ महिनामा २६ अर्ब भन्दा माथी धान चामल आयात
  • न्युज मानसराेवर

बाँके\नेपालमा धान चामल आयातमा १० अर्ब हाराहारीको गिरावट आएको छ ।
भन्सार विभागकाअनुसार चालु आर्थिक वपर्षको ८ महिनामा  २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको  हो  ।

जबकि गर्त वर्ष समीक्ष अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो । विभागकाअनुसार चालु आवको फगुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ ।

यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात भएको छ ।

प्रशोधित चामल भने यस अवधिमा ११ अर्ब ४८ करोड १० लाख ३६ हजार रुपैयाँको १७ करोड १९ लाख किलो चामल नेपाल भित्रिएको विभागले जनाएको छ । जबकि गत वर्ष  २१ अर्ब ६२ करोड रुपैयाँको ३९ करोड ६७ लाख किलो चामल नेपाल आयात भएको थियो ।

यस्तै गर्त वर्ष ३ करोडको धानको बिउ, १३ अर्ब ९७ करोडको ४७ करोड ६२ लाख किलो धान आयात भएको छ । विभागकाअनुसार यस वर्ष धानको आयात गत वर्षको तुलनामा २९ करोडले धानको आयात बढेको छ । तर, चामलको आयात भने १० अर्ब १४ करोडले घटेको छ । चामलको आयात परिमाण पनि २२ करोड किलोले कम देखिएको छ ।

कनिका आयात पनि घट्यो

विभागका अनुसार गत वर्षको तुलनामा कनिकाको आयात पनि घटेको छ । चालु आवको ८ महिनामा २८ करोड २७ लाख रुपैयाँ बराबरको ८८ लाख ६९ हजार किलो मात्रै कनिका नेपाल आयात भएको छ।गत वर्ष यस अवधिमा एक अर्ब १३ करोड कनिका आयात भएको थियो ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech