कोहलपुर नगर विकास समितिले गत मंसिर २६गते एक अनौठो निर्णय गर्यो । मासिक शुल्क उन्नातिस हजार दुईसय अठ्ठाईस रुपैंया तिर्दै आएको संझौता रद गर्दै नितीगत निर्णय अनुसार ठेक्का रकम समेत घटाएर मासिक तेह् हजारका दरले कोहलपुर न्यू रोडमा रहेको शौचालय, सोसँगै रहेको शटर तथा जोडिएको खाली जमिनको ठेक्का फुड बाटिका कोहलपुर–११ लाई उपलब्ध गरायो ।
नगर विकास ऐन, २०४५ को दफा (४) अनुसार नगर विकास समितिको बैठकमा नगर प्रमुख पूर्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका सदस्य सन्तकुमार थारु, जिल्ला नापी कार्यालय, बाँकेका प्रतिनिधि सुर्यप्रसाद ढकाल, मालपोत कार्यालय, बाँकेका खरिदार बिरेन्द्र कार्की, सब डिभिजन वन कार्यालय कोहलपुरका रेन्जर दिप बहादुर शाही, वडा नं.११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, वडा नं. ०९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नं.१४ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आले, नगर विकास समितिका सदस्य मोहन प्रसाद चापागाई, सदस्य गिता वली र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सदस्य सचिव टिकाराम ढकालको उपस्थितिमा बसेको बैठकले मिति २०७९ साल श्रावण ०१ गते गतेका दिन नगर विकास समितिको तर्फबाट २०८० साल असार मसान्त सम्मका लागि मासिक रु.२९,२२८।–(अक्षेरुपी उन्नातिस हजार दुईसय अठ्ठाईस रुपैंया) का दरले गरेको संझौता रद्द गर्दै उक्त निर्णय गरेको देखिन्छ ।
यहाँ उक्त स्थानमा संचालन हुर्दै आएको शौचालय र शौचालयसँग जोडिएको जमिन समेत अस्थायी रुपमा प्रयोग गर्न दिने र सो शौचालयमा आम नागरिकले कुनै शुल्क तिर्न नपर्ने निर्णय समेत गर्यो । शौचालय निःशुल्क रुपमा प्रयोग गर्न पाउने निर्णय स्वागत योग्य देखिन्छ कोहलपुर नगर विकासको । तर नीतिगत निर्णयहरुमा नगर विकास चुकेको देखिन्छ ।
नगर विकास ऐन, २०४५ को दफा (४)अनुसार गरिएको निर्णयले खाली जमिन समेत उक्त फुड बाटिका कोहलपुर ११ ले प्रयोग गर्न पाउने निर्णय गरिएको छ। तर फुड बाटिका कोहलपुर ११ ले अस्थायी टहर निमार्ण गर्न भने उक्त निर्णयले रोकेको छैन ।
कोहलपुर नगर प्रमुख तथा कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेको पूर्ण प्रसाद आचार्यको सपना र अभियान नै ‘सुन्दर नगर कोहलपुर’ निमार्णमा स्यम आफै बाधक बनेको देखिन्छ । कोहलपुर नगर प्रमुख भए पश्चात आचार्यले कोहलपुर ११ न्यूरोड , कोहलपुर बस पार्क ११ मा अस्थायी अतिक्रमित टहराहरु भत्काउने अभियान नै संचालन गरेका थिए । आचार्यको उक्त अभियानलाई आम नागरिकहरुको साथ र सहयोग समेत भएको थियो ।
उनै आचार्यले खाली गरेका जमिनहरु अहिले न्यूनतम शुल्कमा फर्म लाई उपलब्ध गराउनुलाई नीतिगत रुपमा भष्ट्रचार भएको अनुमान गर्न सक्ने स्थान भने खाली राखेको देखिन्छ । घटिघटाउनमा कोहलपुर बसपार्क र कोहलपुर न्यूरोडको शौचालय र सो सँग जोडिएको जमिन उपलब्ध गराउनु के नीगितगत भष्ट्रचार भित्र पर्दैन र ? आम नागरिकहरुको जिज्ञासा रहेको देखिन्छ।
राज्यको महत्वपूर्ण कानूनी संरक्षक जो नीतिगत निर्णयहरु सदर गर्ने ब्यक्ति प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल माथी समेत प्रश्न चिन्ह खडा भएको छ । उनी स्वयम आफै कोहलपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले २०७९ साल श्रावण ८ गते गरेको सम्झौता रकम जो उन्नातिस हजार दुईसय अठ्ठाईस रुपैंया रद्द गर्दै स्वयम् आफैले अर्को न्युन शूल्कमा नगर विकास समतिको सदस्य सचिवको हैसिएतले मासिक तेरह हजार शुल्कमा उक्त शौचालय र जमिन उपलब्ध गराउने निर्णयको साक्षी बस्दा उनी ढकालाई नितिगत भष्ट्रचार भएको पक्कै पनि महशुस होेला । अब उक्त जमिनमा कति वटा स्थायी टहरा बन्ने हो ? सो टहराहरु व्यापारी प्रयोजनमा कति सम्म प्रयोग हुने हुन? र त्यसको बजार मूल्य कति हुने हो ? भन्ने जिज्ञासा आम नागरिकहरु माझ पक्कै देखिन्छ।