बाँके\राष्ट्रिय दलित पत्रकार संघ बाँकेको प्रथम साधारण सभा तथा जिल्ला अधिवेशनले पत्रकार कविन्द्र परियारको नेतृत्वमा दश सदस्य कार्य समिती निर्वाचित गरेको छ ।
प्रथम जिल्ला अधिवेशनबाट आज भएको परियारको अध्यक्षमा दश सदस्य कार्य समिति सर्वसम्मत निर्वाचित गराइएको हो ।
नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा आशा परियार, सचिव पदमा शुभाकर विश्वकर्मा, सहसचिव पदमा बिजय परियार, कोषाध्यक्ष पदमा रामगोपाल विश्वकर्मा निर्वाचित गराइएको छ ।कार्य समितिको सदस्यमा प्रमिला विक, शिवानी विक, शान्ती सुनार, देवि सुनार र उमेश दलामी सर्वसम्मत निर्वाचित भएका छन।
राष्ट्रिय दलित पत्रकार संघ बाँकेका पुर्व अध्यक्ष रुपा गहतराजको अध्यक्ष्तामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव शिव सुनारले दलित पत्रकारहरुको हकहितलाई उजागर गर्दै लैजाने र सम्पुर्ण दलित पत्रकारहरुलाई एकिकृत बनाउने संगठन नै राष्ट्रिय दलित पत्रकार संघ भएको उल्लेख गरेका थिए ।