बैजनाथ ,बाँके \नौवस्ता साना किसान कृषि सहकारी संस्था लिमिडेटको अध्यक्षमा प्रेम बहादुर थापा निर्वाचित भएका छन।
थापाले अध्यक्षमा कूल ८ सय १ मत प्राप्त गरि विजयी भएका हुन।
अर्का अध्यक्ष उम्मेदवार प्रेम बहादुर बुढाले ६ सय ३ मत प्राप्त गरे ।
थापाले कूल १ सय ९८ मत अन्तरले विजयी हासिल गरेका हुन।
कूल एक हजार ४ सय ५० मतदात भएकोमा कूल ११ मत बदर भएको थियो ।
सहकारीको कूल मतदाता संस्ख्या भने १ हजार ६ सय २८ रहेको थियो ।
त्यसै गरी उपाध्यक्षमा खगीसरा राना क्षेत्री विजयी भएकी छन। उनले माया बुढालाई पराजीत गरेकी हुन।
त्यसै गरी संस्थाको लेखा संयोजकमा राजाराम थारु विजयी भएका छन । उनले नैनकला रोका क्षेत्री लाई पराजीत गर्दै लेखा संयोजकमा विजयी भएका हुन। लेखा सदस्यमा शिल्पा कुमारी थारु र नैनकला बुढा क्षेत्री विजयी भएका छन।