११ बैशाख २०८२, बिहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड
  • न्युज मानसराेवर

बाँके\सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ११ हजार रूपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिनको तुलनामा एकैदिन दुई हजार रूपैयाँले सुनको मूल्य बढेको हो। यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजारको रेकर्ड थियो।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech