बाँके\उद्योगी व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित एवं पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन्। नियमित सञ्चालनको माग राख्दै आइरहेका उद्योगी व्यवसायीले शुक्रबार विमानस्थल गेटमा धर्ना दिएका हुन्।
उद्योग व्यापार सङ्गठन रुपन्देहीको समन्वयमा विभिन्न ४४ वटा सङ्घसंस्थाको सहभागितामा धर्ना कार्यक्रम गरिएको सङ्गठनका अध्यक्ष अनिल ज्ञवालीले जानकारी गराएका छन।
मुलुकको ४० अर्ब लगानी भएर सञ्चालनमा आएको विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानीसमेत सङ्कटमा रहेको भन्दै व्यावसायिक संस्था विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिन बाध्य भएको उनीहरुले बताएका छन।