१५ असार २०८२, आईतवार

पत्रकार तथा  साहित्यकार  रेशम विरही पूर्णिमा साहित्य रत्न  मार्फत सम्मानित
  • न्युज मानसराेवर

बाँके\पत्रकार तथा  साहित्यकार  रेशम विरही र गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पूर्णिमा साहित्य रत्न  मार्फत २०७७ र २०७८ ले सम्मान गरिएको छ । त्यसै गरी आज  शनिबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरि उनीहरूलाई जनही २५,५५५/- सहित सम्मान सँगै कवि केशव सिग्देलको टिकटमा एकल कविता वाचन कार्यक्रम समेत सम्पन्न गरिएको छ।

पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ कथाकार सनत रेग्मी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले पूर्णिमा साहित्य प्रतिष्ठानले बाँके जिल्लाको मात्रै नभई समग्र नेपाली भाषा र साहित्यको जर्गेनामा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

कार्यक्रममा उनले पूर्णिमाको साहित्य प्रतिको योगदानको चर्चा गरेका हुन् । रेग्मीले साहित्यिक गतिविधिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख गरे । सिर्जना र साधना पछिसम्म खोजी हुने हुँदा त्यसमा निन्तर लागि रहन सम्पूर्ण साहिच्यकारहरुलाई उनको सुझाव छ । कार्यक्रममा पूर्णिमा साहित्य रत्न २०७७ भरतपुर चितवनका साहित्यकार रेशम विरहीलाई प्रदान गरिएको छ ।

उनलाई नगद राशी रु.२५,५५५ सहित सम्मान गरिएको हो । यस्तै पूर्णिमा साहित्य रत्न २०७८ तथा नगद राशी रु.२५,५५५ कैलालीका गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’लाई प्रदान गरिएको छ । कार्यक्रमको दोस्रो चरणमा एकल कविता वाचन कार्यक्रम गरिएको थियो । काठमाण्डौं बस्दै आउनु भएका कोहलपुर निवासी कवि केशव सिग्देलले आफ्नो दर्जनौं कविता दर्शकलाई सुनाएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका कैदी बन्दीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको छ । पुस्तकहरु इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अन्जानले कार्यक्रमको उद्देश्य र औचित्यतामाथि प्रकाश पार्दै नेपाली साहित्य र भाषाको विकासमा पूर्णिमा साहित्य प्रतिष्ठान अगाडि रहेको बताए । विभिन्न स्थानमा छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धिका लागि स्रष्टाहरुको सम्मान गर्नुका साथै पुरस्कारहरु स्थापना तथा वितरण गर्दै आएको बताए ।

उनले कार्यक्रम सफल पारिदिने सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गरे । साझा चोकमा रहेको कोहलपुर पार्टी प्यालेसमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सभाका प्राज्ञ द्वय महानन्द ढकाल, शसिराम कार्की, कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाह लगायतका अतिथी रहेका थिए ।

कार्यक्रममा साहित्यकारहरु सागर गैरे, पुष्कर रिजाल, सुमित्रा न्यौपाने,हेमन्ती जोशी, गजलकार देवकी निरौला, भावना पाठक २०० भन्दा बढीको राजनीतिज्ञ समाजसेवी, पूर्णिमाका पदाधिकारी, साहित्यानुरागी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिब बद्रि ढकाल हिरामणी र सह–सचिब खोपीराम वलीले गरेका थिए ।

  • २५ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech