बाँके\श्चिम नेपालका नाकाहरूमध्ये सबैभन्दा बढी मानवबेचविखन हुने नाकाको रूपमा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा मानवबेचविखन रोक्न सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शक्ति समूहले पछिल्लो मानवबेचविखन रोक्न सात वटा सिसिटिभी क्यामेरा जडान गरेको हो ।
ती सात वटा क्यामेरामध्ये चारवटा मुख्य नाकाको गेटमा, दुईवटा बालमैत्री मनोविमर्श परामर्श केन्द्रमा र एउटा सिसी क्यामेरा इलाका प्रहरी कार्यालय जमुनाहको कार्यालय अगाडी सडक छेउमा जडान गरिएको शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले जानकारी गराएकी छन।