४ जेष्ठ २०८२, शनिबार

व्यापारीहरुले गरे कोहलपुर बन्द
  • न्युज मानसराेवर

बाँके\ कोहलपुरका उद्योगी तथा ब्यापारीहरुले कोहलपुर बजार बन्द गरेका छन।

बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै व्यापारीहरुले कोहलपुर आज बजार बन्दको आह्वान गरेका हुन ।

ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको हो ।

सुरुवातमा ३ दिन आन्दोलनको कार्यक्रम घोषणा गरीएको ब्यावसायिक हक हित संरक्षण समिती कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी  गराएका हुन।

आन्दोलनको अबधिभर बैंक तथा वित्तिय संस्थाबाट हुने कारोबार ठप्प पार्ने र बृहत रुपमा शान्तिपूर्ण बिरोध र्‍याली  गर्ने निर्णय भएको श्रेष्ठले बताए । आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गराईने बताईएको छ ।

 

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech