१५ असार २०८२, आईतवार

सार्वजनिक जग्गा अतिक्रमण नगर्न बैजनाथ गाउँपालिकाको आग्रह
  • न्युज मानसराेवर

बाँके\बैजनाथ गाउँपालिकाले क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उक्त ध्यानाकर्षण गरिएको हो ।गाउँपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनैपनि व्यक्ति, समुह, संगठनले अनधिकृत रुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ। ’साथै सार्वजनिक सम्पति संरक्षण गर्नु सबै नागरिकहरुको प्रमुख दाहित्व रहेको समेत उक्त जारी विज्ञप्तीमा भनिएको छ ।

कसैले बल जबरजस्ति रुपमा सार्वजनिक जमिन अतिक्रमित गरेको खण्डमा नेपालको कानून अनुरुप कारवाही गरिने समेत अध्यक्ष शाहीले उल्लेख गरेका छन। पछिल्लो समय बैजनाथ गाउँपालिका भित्र हिमाली जिल्लाहरु बाट सार्वजनिक जमिन उपलब्ध गराउने समुह क्रियाशिल रहेको पाईको छ ।

  • २९ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech