बाँके\बाँकेका अधिकाश समुदायको रोजाइमा सीमापारि बजारमा किनमेल गर्नेहरुको भिड बडेको पाईन्छ ।
पछिल्लो समय मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा देख्न सकिन्छ ।
बाँके स्थित नेपालगञ्ज बजारमा खासै चहलपहल छैन ।
सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।
दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।
भारत रुपैडिहाका व्यवसायी ओमकार वैश्यले अन्य दिनको तुलनामा अहिले दोब्बरभन्दा बढी बिक्री बढेको जानकारी गराए ।
उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट खरिदारीका लागि नेपाली आइरहेको जानकारी गराए ।नेपालगञ्जका फिरदौसजहाँ खानले नेपालगञ्जभन्दा सामान धेरै सस्तोमा पाइने भएकाले रुपैडिहा आएको बताए ।