१५ असार २०८२, आईतवार

खजुरामा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिकामा गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) कार्यक्रम सुरु गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमसहित अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि सोमबारदेखि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष डम्बरवहादुर विकले जानकारी  गराएका छन।

गाउँपालिका प्रमुख विकका अनुसार खजुरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको अल्ट्रासाउण्डबाट प्रत्येक महिनाको एक दिन वडामा रहेका स्वास्थ्य चौकीबाट सेवा दिइनेछ । यसबाट मातृ तथा शिशु मृत्युदर कम गर्न सकिने गाउँपालिकाको विश्वास छ । यसले भिडियो एक्स-रेका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ उनले भनेका छन।

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँमा रहेका स्वास्थ्य चौकीमै भिडियो एक्स-रे सेवा सुरु भएपछि नियमित स्वास्थ्य परीक्षण गरी आमा र शिशुको स्वास्थ्य अवस्थाको जानकारी हुने र कुनै समस्या देखिएमा तत्कालै उपचार गर्न सकिने भएकाले आमा र बच्चा दुबैका लागि सहयोगी हुने खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले  बताएका छन।

  • ४ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech