१५ असार २०८२, आईतवार

बाँकेमा अझै मल अभाव
  • न्युज मानसराेवर

बाँके\बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको छ ।

त्यसै गरी  एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ।खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि  अवस्था दोहोरिने प्रमुख पौडेलले  जानकारी गराएका छन ।

वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ । बाँकेमा मात्र  वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ ।

यसैगरी ७६९ मेट्रिक टन डीएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको प्रमुख पौडेलको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया आउन बाँकी रहेको छ ।

थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि मल ल्याउने प्रयास भइरहेको प्रमुख पौडेलले भने ।

तर, जिल्लाका किसानको ३० प्रतिशत माग भने पूर्ति गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । “अपुग मागका लागि किसान सीमापारिको भारतीय बजारमा निर्भर रहने गरेका छन् ।  सीमामा कडाइ नगरिए यहाँ मलको धेरै अभाव हुने छैन,” पौडेलले उल्लेख गरे । अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभएको पाईएको छ ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech