बैजनाथ\ समृद्ध बैजनाथ गाउँपालिका निमार्णका लागि गाउँपालिका अध्यक्ष सङ्घीय मन्त्रालयमा बजेट तथा आयोजना माग्न पुगेका छन ।
गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्णका लागि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्वास्थ्य मन्त्रालयका उप सचिव रोशन पोखरेलसँग भेटघाट गरेका हुन।
शाहीले समृद्ध बैजनाथ निमार्णका लागि सबै मन्त्रालयहरुमा बजेट तथाआयोजना माग गर्नाका लागि काठमाडौँ आएको उल्लेख गरेका छन।शाहीले १५ सैया अस्पतालको, बजेट सुनिश्चितता , बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रको स्थाई डाक्टर , बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वडा सम्म का स्वास्थ्य केन्द्र र चौकिहरुको भौतिक पुर्वाधार निर्माण लगाएत विषयमा स्वास्थ्य मन्त्रालयका उप सचिव रोशन पोखरेलसँग छ्लफल गरिएको उल्लेख गरेका छन।
त्यसै गरी शाहीले बैजनाथमा गाउँपालिकामा कक्षा ९ देखी १२ सम्म प्राविधिक शिक्षामा जोड दिदै मानव शिक्षा विकास श्रोत केन्द्र महाशाखाका महानिर्देशक चूडामणि पौडेलसँग आवश्यक परार्मश समेत गरेका छन।
उनले भेटघाट महत्वपूर्ण रहेको समेत बताएका छन। समृद्ध पालिका कसरी बनाउन सकिन्छ सबैको साथ सहयोग आवश्यक पर्ने बताउदै तिन तहका सरकार विचको समन्वय र सहकार्य आवश्यक रहेको समेत बताएका छन।