१२ मंसिर २०८१, बुधबार

मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीलाई सत्ता साझेदार दलहरूले दिएको विश्वासको मत गत चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ भित्रै विश्वासको मत लिने तयारी गरेका हुन ।

मुख्यमन्त्री गिरीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने माग विपक्षी नेपाली कांग्रेससहितका दलहरूले गर्दै आएका छन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा गिरी नियुक्त गरिएका थिए ।

मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत सिद्ध गर्न नसके मुख्यमन्त्रीले संविधानको १६८ को उपधारा ३ बमोजिम अर्को सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख सचेतक चौधरीकै भनाइमा सबैभन्दा ठूलो दलको हिसाबले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार बनाउन एमालेका तर्फबाट गिरीले नै दाबी गर्ने गरी तयारी भइरहेको छ ।मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासका मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते सोमबार ११ बजेका लागि तोकेको छ ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech