८ मंसिर २०८१, शनिबार

सुदुरपश्चिम बाजुराको विकासका लागि सम्पन्न गरियो महोत्वस
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स \सुदुपश्चिम प्रदेशको  विकट जिल्ला बाजुराको विकासका लागि जल महोत्वस सम्पन्न गरिएको छ ।    बाजुराको उत्तरी भेग कुन्ना क्षेत्रमा आयोजित माथिल्लो कर्णाली जल महोत्सव २०८० को  सम्पन्न गरिएको हो ।

महोत्वको अन्तिम दिन  समृद्धि र  विकासको आधार निर्माणका लागि आयोजना गरिएको जल महोत्वसमा ९ बुँदे कुन्ना घोषणा पत्र जारी  समेत गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी गराएका छन।

हिमाली गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाको सयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा  जल महोत्सव २०८० बैशाख ४ देखि ७ गतेसम्म  सञ्चालन गरिएको थियो ।

महोत्वस उद्घाटन कार्यक्रममा बाजुराबाट प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे सुदुरपश्चिम प्रदेश सांसद , नेपाली कांग्रेस जिल्ला पदाधिकारी प्रदेश पदाधिकारी पर्यटन बोर्डका कर्मचारी लगाएतको सहभागिता जनाएका थिए ।

जारी गरिएको घोषणापत्रको विवरण

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech