बाँके\बाँके क्षेत्र नं.१ का संघीय सांसद सुर्य ढकालको पहलमाआगलागी पिडितलाई राहत बाडिएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागि पिडितहरुलाई विकास संवाद तथा समृद्धीको बाटो नामक संस्था द्धारा उक्त राहत वितरण गरिएको हो ।राहतमा खाद्यन रहेको नेकपा जिल्ला कमिटी सदस्य माधव पौडेलले जानकारी गराएका छन।
बाँके क्षेत्र न १ मा पर्ने उक्त नरैनापुरमा वर्षेनी आगलागि हुने गरेको छ । यसका निम्ति बैकल्पीक माध्यमहरुको समेत खोजी गरिरहेको बाँके सांसद सुर्य ढकालले टेलिफोन मार्फत जानकारी गराएका छन। ढकालले आफु काठमाडौ भएका कारण उक्त राहत हस्तान्तरणमा सहभागि जनाउन नपाएको समेत बताएका छन । ढकाल बाँके क्षेत्र नं१ बाट नेकपा एमालेका तर्फ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
दश घर परिवारलाई राहत स्वरुप १० कठा चामल १० केजी दाल १० पोका नुन र १० पोका तेलका सामग्री आगलागि पिडितलाई बुझाएका छौँ,विकास संवाद तथा समृद्धीको बाटोका अध्यक्ष माया गौतमले जानकारी गराइन।
हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य बिक्रम यादव ,टेक ब. शाहि नरैनापुर गाउँपालिका नेकपा एमाले उपाध्यक्ष ताज खान, नरैनापुर पार्टी सचिव बिनय दिक्षित,संस्थाका प्रतिनिधि अब्बिका आचार्य उर्मिला पाण्डे लगाएतको सहभागिता रहेको थियो ।