बैजनाथ\ नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा एमालेले आफ्नो ७५औँ स्थापना दिवस मनाएको छ ।
आफ्नो स्थापना दिवसमा ४४ जनालाई सम्मान समेत गरेको छ ।बैजनाथ गाउँपालिका वडा नं.१ देखी ८ का जेष्ठ नागरिक मंचका ४४ जनालाई एमालेले आफ्नो ७५औँ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खड्क बहादुर खड्काले नेपाल कम्युनिस्ट पार्टीको स्थापना चुनौति र भावि रणनितिका विषयमा प्रशिक्षण गरेका छन।
उनले मिसन ग्रासरुट अभियानले पार्टी भित्र रहेका मतभेतको अत्य संगठन निमार्णमा जोड दिएको बताए । त्यसै गरी केन्द्रिय अनुशासन आयोगका सदस्य पूर्व सांसद देवराज भारले हिजोको कम्युनिस्ट पार्टीको अवस्था र आजको कम्युनिस्ट पार्टीको अवस्था बारे सहजीकरण गरेका थिए । त्यसै गरी कार्यक्रममा प्रदेश कमिटी सदस्य घननाथ खनालले कम्युनिस्ट आन्दोलनको शुरुवात र आजको अवस्था बारे कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नन्न विश्वकर्माले अबको कम्युनिस्ट संगठन कस्तो भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । प्रदेश कमिटी सदस्य मन बहादुर रुचालले स्थानीय तहका अवस्था तथा विकास निमार्णमा खेल्नु पर्ने भूमिका बारे आफ्नो धारणा राखेका थिए । त्यसै गरी हाल जिल्लामा पार्टीको अवस्थाबारे एमाले जिल्ला अध्यक्ष किश्मतकक्षपतिले जानकारी गराएका थिए । त्यसै गरी पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारले पार्टीको हितमा रहेर भावि दिनहरु संगठन निमार्णमा केन्द्रिकृत हुने बताए । उनले अब पार्टी बाट विचलन नहुने समेत उल्लेख गरे।
कार्यक्रममा जिल्ला सचिव तथा प्रदेश सांसद रत्न खत्रीले जनातको बुहदलिय जनवादको सार्थकता र विकास निमार्णमा पार्टीले खेलेको भूमिका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शारदा रेग्मी विक ,जिल्ला पदाधिकारी ,जिल्ला कमिटी सदस्य ,पालिका कमिटी सदस्य ,वडा कमिटी, संगठित सदस्यहरु सुभेछुक संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रको अध्यक्षता पालिका कमिटी अध्यक्ष इन्द्र बहादुर थापाले गरेका थिए भने कार्यक्रमको सहजीकरण पालिका कमिटी सचिव प्रेम सुवेदीले गरेका थिए ।