विश्वका महान समाजवादी नेता व्लादिमीर इल्यिच उल्यानोव (लेनिन) –लेलिनको जन्म २२ अप्रिल १८७० मा सिम्विस्क (उल्यानोव माक्स) शहरमा भएको थियो । यो शहर रुसको प्रशिद्ध भोल्गा नदिको किनारमा पर्दछ । लेलिनका पिताको नाम इल्या निकोलाभविच उल्यानोव हो भने आमाको नाम मारिया अलेक्सन्द्रोबना ब्लाङ्ग हो । लेलिनका पिता इल्या निकोलाभविच उल्यानोवले कलिलै उमेरमा गरिबिको मार खेप्नु परेतापनि जेष्ठ दाजुको सायता आफ्नो कठिन परिश्रम र असाधारण प्रतिभावको फल स्वरुप उहाँले उच्च शिक्षा हासिल गर्न सफल भए ।
लेलिनको आमा एक डाक्टरको छोरी थिइन । उनी आफ्नै घरमा शिक्षा लिएकी थिइन। लेलिननका आमा बुवा रुसका शिक्षित नागरिक थिए ।
लेलिनको बाल्य अवस्था एउटा ठुलो र असाधारण रुपले मिलनसार परिवारमा वितेको थियो । उनी बाल्यकाल देखी नै निकै शाहसी प्रफुल्ल र ठट्र्याली स्भावका थिए । उनी पौडि खेल्न र स्कटिङ गर्न रुची राख्थे । पाँच वर्षको उमेरमा लेलिनले लेख्न र पढ्न सिकिसकेका थिए । उनी तेज थिए । उनी असाधारण प्रतिभाशाली छात्र थिए । उनी आफ्नो कक्षामा सधै प्रथम हुन्थ्थे।
स्कुले जीवनमा उन्ले समाजमा पाईने क्रान्तिकारी कितावहरुको अध्ययन गर्ने बानी थियो । लेलिनलाई बेलिन्सकी , गेर्चेन चेनिशेभस्की दोव्रोल्यूवध र पिसारेभ जस्ता क्रान्तिकारी लेखक डेमोक्रेटहरुको किताब र उपन्यासहरुको अध्ययन गर्न विशेष रुचि राख्थे । यसरी स्कुले जीवनमा नै लेलिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसकेका थिए । युवा लेलिनको दृष्टिकोण माथी उनको परिवार वरपरका जीवन , प्रगतिशित रुसि साहित्यको निकै ठुलो प्रभाव रहेको थियो । त्यस ताका रुसमा द्रुत गतिले पुजीँवादी समाज व्यवस्थाको विकास हुदैँ थियो । पुजीँवादी शोषणका साथ साथै सामन्तवादी उत्पीडन पनि कायम नै थियो ।
र त्यो शोषणले शहरीया मजदुर र गाउँले किसानहरुको जीवन असाध्यै असहनिय र पिडादायी बनाएको थियो । जारशाही अत्याचार, जमिनदार र पुजिँपति वर्गको दमन र उत्पीडनले मजदुर किसानको अवस्था अत्यन्तै दयनिय बनाएको थियो । यस प्रकारको विभेदका विरुद्ध किसोर लेलिनको हिदयमा शोषक वर्ग प्रति घृणा र शासित र उत्पीडित वर्गप्रति साहनुभूति पैदा भएको थियो । विश्वविद्यालय अध्ययन कै क्रममा युवा लेलिनले प्रगतिशिल र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरुसँग घनिष्ट सम्बन्ध समेत कायम गरेका थिए ।
डिसेम्बर १८८७ मा विद्यार्थीहरुको क्रान्तिकारी सभामा भाग लिए बापत विश्वविद्यालय बाट उनीलाई निष्काशन गरियो र पछि उनलाई प्रहरी हिरासत समेत लिएको थियो ।यसरी उनको क्रान्तिकारी जीवनको यात्रा शुरु भएको पाईन्छ । युवा अवस्थामा नै लेलिनले माक्सवादको गहिरो अध्ययन गरेका थिए । लेलिनले माक्सवादलाई बैचारिक हतियार ठान्थे । जस द्धारा रुसी श्रमजीवी सर्वहारा वर्गले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्र्दछ । र रुसमा समाजवादी व्यव्स्था कायम गर्न सक्ने विश्वास राख्थे । उनले माक्सको प्रमुख कृति , ‘पूँजी’ को गम्भिर अध्ययन गरेका थिए । ततपश्चात लेलिन पक्का माक्सवादी बनेका थिए । र बैज्ञानिक समाजवादको महान विचारधाराको रुसभर व्ययापक प्रचार हुन थाल्यो । गुर्वेनियामा करिब पाँच वर्षको बसाइमा लेलिनले माक्स र एङ्गेल्सका कृतिहरुको गहन अध्ययन जारी राखे ।
विदेशी भाषाहरु विषेशतः जर्मन भाषाको गम्भिर अध्ययन गरेक थिए । यसै समयमा जर्मन भाषा बाट रुसी भाषामा माक्स र एङ्गेल्सको एक महत्वपूर्ण कृति कम्यूनिष्ट घोषणा पत्रको रुसी भाषामा अनुवाद गरे । उनले १८९२ मा पहिलो पटक माक्स वादी अध्ययन मण्डली गठन गरेको इतिहास देखिन्छ । मण्डलीका सदस्यहरु माक्स र एङ्गेल्सका कृतिहरु पढ्ने गर्दथे र माक्सवादी दर्शनको प्रचार प्रसार समेत गर्ने गर्थे ।
माक्सवादी दर्शन बाट पूर्ण प्रशिक्षित लेलिनले १८९३ अगस्तमा पिटर्सवर्ग ,(त्यस समयको रुसको राजधानी ) आएपछि आफुलाई पूर्णरुपमा रुसको क्रान्तिकारी सर्वहारा नेताका रुपमा स्थापित भए । लेलिन ठुलो स्फुर्ति र अभिलाषा सहित क्रान्तिकारी कार्यमा समर्पित भए ।
माक्सवादी दर्शनको गम्भिर अध्ययन रुसी अर्थ राजनितिमा माक्सवादी विचार धारालाई कसरी प्रयोग गर्नु पर्छ भन्ने ज्ञान मजदुर सर्घषको अजयताप्रति ढृड विश्वास र महान संगठनात्मक प्रतिभाका कारणले गर्दा लेलिन छिटै पिटर्सवर्गमा माक्सवादी हरुका वरिष्ठ नेता बन्ने वातावरण बन्न पुगेको पाईन्छ । माक्सवादी विचारधारको विस्तार र श्रमजीवि , मजदुर र सर्वहारा वर्ग पक्षिय पार्टी निमार्णमा उदारवादी नारोन्दिकहरु मुख्य वादकका रुपमा देखिए । पिटर्सवर्गमा लेलिनले उदारवादी नारोन्दिकहरुका विरुद्ध आफ्नो सर्घष जारी राखे ।
नारोन्दिकहरुले आफुलाई जनताको ‘भित्र’ र माक्सवादीलाई ‘जनताको शत्रु’ हुन र उनीहरु कसरी सामाजिक जनवादीहरुका विरुद्ध सघर्ष गर्छन भन्ने विषयमा केन्द्रित भएर पुस्तक नै प्रकाशन गरे र माक्सवादको रक्षा गरेको पाईन्छ । यो कृत्रि तत्कालिन रुसमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो । लेलिनले एक क्रान्तिकारी माक्सवादी पार्टीको निमार्णमा आफ्नो सम्पूर्ण शक्ति लगाए । र रुसमा लेलिनको नेतृत्वमा माक्सवादी पार्टीको स्थापना गरियो । लेलिनले ठुलो निपूर्णताका साथ सर्वहारा श्रमजीवि वर्ग पक्षिय पार्टी निमार्णका लागी संगठनकर्ताहरु संगठनात्मक सिदान्त र क्रान्तिकारी मजदुर कार्यकर्ताहरु तयार पार्दै लगे ।
पार्टीलाई यस क्रान्तिका लागि तयार गर्दै गए । ‘राज्य र क्रान्ति’ नामक कृतिमा लेनिनको समाजवाद र साम्यवादलाई साम्यवादी समाजको विकासका दुई चरणका रुपमा व्याख्या गरेको पाईन्छ । माक्स र एङ्गेल्सको विचारधारालाई विकसित तुल्याउँदै समाजवादले अनिवार्यरुपमा साम्यवादमा संक्रमण गर्नेछ भन्ने कुरालाई पुष्टि गरेको पाईन्छ ।
सन् १९१७ मा महान अक्टोवर समाजवादी क्रान्ति सफल भएसँगै लेनिनको सो सपना साकार भएको थियो । ६ मार्च १९१८ पेत्रोग्रादमा पार्टीको सातौं महाधिवेशन शुरु भयो । यो महान अक्टोवर समाजवादी क्रान्तिको विजय पछि पहिलो महाधिवेशन थियो । लेनिनले महाधिवेशनको सम्पूर्ण कार्यको नेतृत्व गरेका थिए । त्यो महाधिवेशनमा लेनिनले १८ पटक सम्बोधन गरेका थिए ।
सातौं महाधिवेशनले बहुमतद्वारा लेनिनवादी नीतिको समर्थन ग¥यो । ‘युद्ध तथा शान्तिसम्बन्धी प्रस्ताव’ पारित ग¥यो ।
लेनिनको प्रस्ताव अनुसार पार्टीको नाम बदल्ने निर्णय भयो । यस महाधिवेशनदेखि पार्टीको नाम रसियाली कम्यूनिष्ट पार्टी (बोल्सेबिक) रहन गयो । ११ मार्च १९१८ मा सोभियत सरकार मास्कोमा सर्यो । मास्को सोभियत राष्ट्रहरुको केन्द्रिय राजधानी बन्न पग्यो । जनकमिसार परिषद र अखिल रसियाली केन्द्रिय कार्यकारीणी समितिका कार्यलयहरु क्रेमलिन भवनमा सरे ।
लेनिन पनि क्रेमलिनमा बसाई सराइ गरे । भ्लादिमिर इल्यिच उल्यानोव लेनिन कार्लमाक्र्स तथा फ्रेडरिक एङ्गेल्सका विचार कार्य तथा शिक्षाका महान अनुयायी थिए ।उनले आफ्नो रुसी भूमिमा समाजवादको प्रयोग गर्न सफल पनि भए । विश्व सर्वहारावर्गका महान नेता लेनिनले माक्र्सवादका तीनवटै संघटक अंगहरु दर्शन शास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तथा समृद्ध तुल्याउन महत्वपूर्ण योगदान गर्नुका साथै कम्यूनिष्ट पार्टी संचालन सम्बन्धी संगठनात्मक सिद्धान्त पनि प्रतिपादन गरेको पाईन्छ ।
मजदुरहरुलाई लेनिनले धेरै माया गर्दथे । उनीहरुलाई आफ्नो नजिकको सहृदयी र दयालु मित्र ठान्दथे । लेनिनका आलेख र भाषणहरुमा रुसी सर्वहारा श्रमजिवी वर्ग माझमा अत्यन्तै प्रीय पात्र बन्दै जान थाले । उहाँले रचना गर्नु भएका पुस्तक र पर्चाहरु अशिक्षित व्यक्तिहरुका लागि समेत सुगम हुन्थे । यी पुस्तकहरुमा मजदुरहरुको दयनीय अवस्था र पूँजीपतिहरुद्वारा उनीहरु माथि गरिने वर्वरतापूर्ण शोषणको चित्रण गरिएको हुन्थ्यो । ती रचनाहरुमा मजदुरवर्गको स्वतन्त्रताका लागि संघर्षका बाटाहरु देखाएका हुन्थे ।
सन् १८९५ को वसन्तमा पिटर्सवर्गका माक्सवादीहरुको अनुरोधमा “श्रममुक्ति” दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानुभयो । उनी स्विजरल्याण्ड हुँदै पेरिश र अन्तिममा वर्लिन पुगे । स्विजरल्याण्डमा उनले “श्रममुक्ति” संगठनका नेताहरुसँग भेट गरे भने पेरिश र वर्लिनमा रहँदा फ्रान्सेली र जर्मन मजदुरहरुका सभाहरुमा सामेल समेत भएको पाइन्छ । उनीहरुको रहन सहन र जीवन पद्धतिको अध्ययन समेत गरे । उनले विदेशमा रहँदा पनि माक्र्सवादी दर्शनको विकासमा आफ्नो समय लगानी गरे ।
सन् १९९५ को सेप्टेम्बर महिनाको शुरुमा उनी स्वदेश फर्किए । विदेश बसाईमा उनी अझै धेरै क्रान्तिकारी विचारधारा ग्रहण गरी सकेका लेनिनले रुसमा उत्ताहपूर्वका क्रान्तिकारी काममा सक्रिए भए । उनले आमसभा र विरोध सभा मार्फत माक्र्सवादी दर्शनका माध्यमबाट मजदुरहरुलाई संगठित गर्दै अझ धेरै संगठन निर्माण गर्ने कार्यहरुमा जुटे। त्यसका साथसाथै मजदुरका अन्त्यहिन समस्या र आफ्ना धारणा अनि पूँजीवादी, जारशाही सत्ताले मजदुरहरुलाई कसरी शोषण गरेको छ भन्ने प्रष्ट रुपमा त्यसको व्याख्या गरे ।
यसै कालखण्डमा लेनिनले रुसमा “मुक्ति संघ” को स्थापना गर्नुभयो । यो नै रसियन क्रान्तिकारी माक्र्सवादी पार्टीको विजारोपण थियो र यो नै सर्वहारा श्रमजिवीवर्गको अगुवादस्ताको रुपमा स्थापित भयो । यसले बोल्सेभिक पार्टीको रुपमा आकार ग्रहण गरी रुसी श्रमजिवी सर्वहारावर्गको मुक्तिको लागि संघर्षको नेतृत्व ग¥यो । “मुक्ति संघ” ले रुसमा पहिलो पटक मजदुर आन्दोलनमा वैज्ञानिक समाजवादी विचारधाराको प्रयोग गर्न थाल्यो । यसै कुरामा संघका महान ऐतिहासिक पृष्ठभूमि निहित थियो ।
“मुक्ति संघ” को नेतृत्वमा सन् १८९६ को ग्रीष्ममा पिटर्सवर्गमा कपडा कारखानाका मजदुरहरुको चर्चित हडताल भयो । “मुक्ति संघ”को क्रियाकलाप माथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले संघ माथि कडा गर्न थाल्यो । डिसेम्बरमा लेनिन सहितका संघका अधिकांश कार्यकर्ता गिरफ्तारीमा परे।जेल जीवनमा नै लेनिनले प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ नामक कृति लेख्न समेत शुरु गरे ।
नादेज्दा कोन्तान्स्तीनोभ्ना क्रुप्सकायाको लेनिन की धर्मपत्नी थिइन। उनी लेनिनकी धर्मपत्नी मात्र नभएर एक असल राजनैतिक सहयाद्धा समेत थिइन। क्रुप्सकाया लेनिनको मृत्यू पश्चात उनी निकटतम मित्र, सहयात्री र सहयोगी रही लेनिनले स्थापना गरेको सोभियत संघको रक्षा र उनका विचार र सिद्धान्तलाई परस्कृत र विकसित गर्न लागिरहिन ।
सन् १९०० तिर लेनिनको तत्परता र नेतृत्वमा सम्पूर्ण रुसमा इँस्क्रा’ को प्रकाशन गरियो । त्यसका सहयोगी र बिक्रि गर्नेहरुको संजाल नै बिछ्याइयो । लेनिन नै त्यस पत्रिकाको केन्द्र भागमा थिए ।सन् १९०१ देखि जब यो पत्रिका रुसमा अस्थित्वमा आयो भ्लादिमिर इल्यिच उल्यानोभ नामबाट लेलिन उपनामबाट विख्यात भए । यस पछि लेनिनका नामबाट संपूर्ण प्रकाशनहरु सम्पादन हुन थाले । सन् १९०२ मा लेनिनको कृति के गर्ने’ प्रकाशित भयो । त्यस पछि उनी पार्टी निर्माणमा क्रियाशिल भएका थिए ।
बोल्सेभिक पार्टीको निर्माण भए पछि त्यो अजय फौलादी शक्तिको रुपमा देखा प¥यो । जसले जमिनदार र पूँजीपतिवर्गहरुको सत्ता ढाल्न, समाजवादको निर्माण गर्न रुसी मजदुरवर्ग र समस्त श्रमिकहरुलाई प्रशिक्षित गर्दै र संगठित गर्दै थिए । लेनिन र उनका सहयोगीहरुद्वारा गठित बोल्सभिक पार्टी समस्त कम्यूनिष्ट तथा मजदुरवर्गीय पार्टीका लागि एउटा नमूना बन्न पुग्यो ।
लेनिनले सन् १९०४ मा ‘एक पाइला अगाडि दुई पाइला पछाडि’ नामक अर्को विश्व प्रशिद्ध कृति प्रकाशन गरे ।
त्यस पुस्तकमा मजदुर आन्दोलनको मेरुदण्ड भनेको पार्टीका विरुद्ध मेन्सेभिकहरु संघर्ष गर्दैछन, पार्टीलाई नष्ट भ्रष्ट पार्न चाहान्छन भन्ने विषयलाई बडो सतर्कतापूर्वक व्याख्या विश्लेषण गरी प्रष्ट पारेका थिए । सन् १९०५ को शरदमा रुसी क्रान्तिकारी आन्दोलनले विराट रुप लिन थाल्यो ।
अक्टोवर महिनामा आम राजनैतिक हडताल शुरु भयो । कलकारखानाहरु, हुलाक सेवा र टेलिग्राफका अड्डाहरु बन्द भए । देशको पूरा गतिविधिहरु ठप्प प्रायः भए । राज्य प्राणविहिन तथा लाचार जस्तै बन्यो । यो सर्वहारावर्गको नयाँ रुप थियो । जुन त्यस बेलासम्म कुनै देशमा भएको थिएन । नोभेम्बर १९०५ को शुरुमा लेनिन पिटर्सवर्ग आए । उनले देश भित्रै बसेर पार्टी र क्रान्तिकारी संघर्षको नेतृत्व गर्न शुरुवात गर्नुका साथै ‘नोभाया जिज्ना’ भन्ने पत्रिका मार्फत आफ्ना लेख रचनाहरु संचार माध्यमबाट पार्टीका कार्यकर्ता र जनतालाई प्रशिक्षित समेत गर्दै रहे । यस अखवारमा प्रकाशित उनका लेखहरु मध्ये पार्टी, संगठन र पार्टी साहित्यले असाध्यै महत्वपूर्ण स्थान राख्दछन ।
रुसी शासकवर्ग जारशाही लेनिनको अद्भूत क्षमतादेखि तर्सन थाले । लेनिन र उहाँको नेतृत्वमा भएको सर्वहारा मजदुर आन्दोलन दवाउन जारशाही क्रियाशिल भयो तर सफल हुन सकेन । उनी रुसका जनता माझ झन धेरै लोकप्रिय हुन थाल्नुभयो र लेनिनले लिनुभएको नीति रुसका जनताको कार्यनीति बन्नपुग्यो । उनी रुसका सर्वहारा श्रमजिवीवर्गको निम्ति आस्थाको पुन्ज बन्न सफल भए ।
विश्व कम्यूनिष्ट आन्दोलनका महान नेता लेनिन बोल्सेभिक नीतिको औचित्य प्रमाणित गर्न अथक परिश्रम गरे ।
उनी मजदुर, बुद्धिजिवी, कामदार र विद्यार्थीहरुसँग वार्तालाप गर्ने कुनै पनि मौका छोड्नु हुदैनथ्यो । सन् १९०६ को मे ९ मा उनले पिटर्सवर्गमा ३००० कारखाना मजदुरको उपस्थितिमा महत्वपूर्ण भाषण गरे । उनले जारशाही र बुर्जुवाहरु बीचको साँठगाँठको भण्डाफोर गरे भने सर्वहारावर्गको क्रान्तिकारी नीति अगाडि सारे । लेनिनको कठोर संघर्ष पछि संगठनलाई बोल्सेभिकहरुको वरिपरि गोलबन्द गर्न सफल भए । त्यसपछि उनले पार्टीको पाँचौं महाधिवेशनको तयारी शुरु गरे ।
फेब्रवरी १९०७ मा लेनिनले रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पाँचौ महाधिवेशनमा भाग लिन लण्डन यात्रा गरे र महाधिवेशनको नेतृत्व समेत गरेको पाईन्छ । महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत बुर्जुवा पार्टी प्रतिको दृष्टिकोण सम्बन्धी प्रस्ताव पारित गरियो ।
पाँचौं महाधिवेशनले क्रान्तिमा बोल्सेबिकहरुले अपनाएको नीतिको औचित्य स्वीकार ग¥यो । अन्य प्रश्नहरुमा पनि बोल्सेबिकहरुले मेन्सेबिकहरु विजय हासिल गरे । महाधिवेशनका मजदुर प्रतिनिधिहरुसँग लेनिनले ठूलो सद्भावना र सहृदयतापूर्वक वार्तालाप गरे। उक्त महाधिवेशनले लेनिनलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रिय समितिको सदस्यमा निर्वाचित ग¥यो ।
जून १९०७ को शुरुमा लेनिन लण्डनदेखि रुस फिर्ता भए र फिनल्याण्डमा बसोवास गर्न थाले । महाधिवेशन लगतै जारशाही सरकारले क्रुर दमनकारी नीति अबलम्बन गरी धरपकड शुरु ग¥यो । रुसमा कठोरतम प्रतिक्रियावादी शासनकाल शुरु भयो ।
जनवरी १९०८ मा उहाँ जेनेभा प्रस्तान गरे । तर उनको सम्पूर्ण ध्यान रुसी क्रान्तिप्रति निदृष्ट थियो । सोहि लक्ष्य प्राप्तिको निम्ति नयाँ जोश र शक्ति सहित पार्टी कार्यमा संग्लन भए ।नयाँ क्रान्तिको गहन तयारी शुरु गरे । क्रान्तिको विकास सम्बन्धी लेनिनको भविष्यवाणी छिट्टै साकार भयो । व्यापक क्रान्तिकारी संघर्षको यस अदम्य विकासलाई कुनै प्रकारका अत्याचार, उत्पीडन र दमनले रोक्न सकेन ।
सन् १९१० मा रुसमा फेरि मजदुर आन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मास्को लगायतका अन्य ठूला शहरहरुमा ग्रिष्म र शरदमा हड्ताल, प्रदर्शन, सभा र अन्य राजनैतिक सक्रियताहरु बढ्न थाले । क्रान्तिकारी आन्दोलन उत्कर्षमा पुग्न थाल्यो । ठूला कठिनाईहरुलाई चिर्दै बोल्सेबिकहरुले डिसेम्मर १९१० मा पिटर्सवर्गमा साप्ताहिक पत्रिका ‘ज्याक्रोज्दा’ को प्रकाशन शुरु गरे । अन्ततः क्रान्ति अगाडि बढ्न शुरु भयो । लेनिनले समाजवादी क्रान्ति आउँदैछ भन्ने कुरा स्पष्ट रुपमा देख्दै थिए ।
समाजवादी क्रान्तिको तयारी र पूर्णताको समयमा होस वा समाजवादको निर्माणका लागि संघर्षको समयमा होस कमरेड लेनिन पार्टीको प्रतिभाशाली नेतृत्वकर्ता थिए । भ्लादिमिर इल्यिच उल्यानोव लेनिन बीसौं शताब्दीका सबैभन्दा महान घटनाको रुपमा रहेको महान अक्टोबर समाजवादी क्रान्तिको नेतृत्वकर्ता थिए । जसले सम्पूर्ण मानव जातीको विकासक्रमलाई भौतिक रुपमा बदल्न सफल समेत भएका थिए । लेनिनले सोभियत राष्ट्रहरुमा समाजवादको निर्माण गर्ने गुरुयोजना तयार पारेका थिए ।
यो उनको महत्वपूर्ण योगदान थियो । विश्वको पहिलो समाजवादी राष्ट्रका संस्थापक, कम्यूनिष्ट पार्टीको संचालन सम्बन्धी संगठनात्मक सिद्धान्तका सिद्धान्तकार महान माक्र्सवादी चिन्तक कमरेड लेनिन आज भौतिकरुपमा तपाईं हाम्रो बीच हुनुहुन्न तर उनी मानव जातिको मुक्तिको लागि देखाएको बाटो विचार र सिद्धान्त हाम्रो सामु साश्वत र जीवन्त छन् । महान लेनिनको २१ जनवरी १९२४ मा दुखद निधन भएको थियो। तथापि उनको कर्म र महान विचार लेनिनवादका रुपमा युगौं युगसम्म यो संसार र श्रमजिवी सर्वहारा वर्गलाई दिशानिर्देश र नेतृत्व गरी नै रहनेछ । लेखक भुसाल नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन।