१६ असार २०८२, सोमबार

कोरोना नियन्त्रण अभियान तीव्र पारियो बाँकेमा
  • न्युज मानसराेवर

बाँके\कोरोना भाइरसको सङ्क्रमणबाट करिब एक वर्षपछि बाँकेका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएपछि नियन्त्रण अभियानलाई तीव्र पार्न सुरु गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिले केही समययता देनिकजसो नाकामा संक्रमति देखिन थालेको र जिल्लाकै एक जना स्थानीयको मृत्यु भएकाले नियन्त्रण अभियानलाई तीव्र पार्न थालिएको हो ।  बाँके राप्तीसोनारी गाउँपालिका –२ का ८६ वर्षीय एक जना वृद्धको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

अहिलेबाट नै स्वास्थ्य मापदण्डको पालना, भौतिक दुरी र खोप लगाउने अभियानलाई तीव्र नपार्ने हो भने सङ्क्रमित बढ्दै जाने ठहर गरेर नियन्त्रण अभियानलाई तीव्र पारिएको बाँकेका कोराना फोकल पर्सन तेज ओलीले जानकारी गराए ।

भारतबाट फर्किने नेपालीमा बढी सङ्क्रमण देखिन थालेकाले नाकामा विशेष ध्यान दिने तथा यसअघि नै निर्माण गरिएको होल्डिंग सेन्टरलाई तयारी अवस्थामा राखिने  समेत उल्लेख गरेका छन। नेपालगञ्जस्थित भेरी अस्पताल र अन्य निजी अस्पतालमा रहेका कोभिड वार्डहरूलाई पनि हरेक समय तयारी अवस्थामा राखिने फोकल पर्सन ओलीले  बताए ।

भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पाण्डेले दिनुभएको जानकारी अनुसार केही दिन यता छिटपुट रूपमा सङ्क्रमित अस्पतालमा भर्ना हुने गरेको र निको भएर घर जाने गरेकोमा शनिबार राप्तीसोनारी २ का ८६ वर्षीय वृद्धको मृत्यु भएकाले चिन्ता बढाएको  बताए ।

लामो समयसम्म कोरोनाका बिरामीहरू फेला नपरेको बाँकेमा पछिल्लो केही समययता भारतबाट रोजगारी गरेर फर्किनेहरूमा सङ्क्रमण भेटिन थालेको छ । हालसम्म बाँकेका कोभिड सक्रमितको सङ्ख्या २१ हजार ४०० जना पुगेको छ भने हालसम्म बाँकेका ३५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech