१६ असार २०८२, सोमबार

सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बिमा
  • न्युज मानसराेवर

बाँके\थारु समुदायका देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई कोहलपुर नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्‍याउन स्वास्थ्य बिमा गराउन लागेको कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले बताइन् ।उनले आर्थिक वर्ष २०८०–०८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य विमा नगरपालिकाले गरिने बताइन् ।

‘उपचारमा सम्पत्ति सकिने अवस्थाको अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेको छ,’ उनले भनिन्, ‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैयाँ पाउँदै आएका छन् । जनस्वास्थ्य समस्याकै रुपमा रहे पनि थालेसेमियाका बिरामीहरु राज्यको सेवाबाट बञ्चित भएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ,’ उनले भने ।

उनले सिकलसेलका बिरामीले पाउँदै आएको रकम समेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट बञ्चित भइरहेको बताए ।

कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा सिकलसेलका ९२ जना ट्रेड र एक हजार बढी बाहक बिरामी फेला परेका छन् । त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेको कोहलपुर नगरपालिका– १५ का अध्यक्ष दिपेन्द्र चौधरीले सुनाए ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech