७ बैशाख २०८२, आईतवार

प्रेस चौतारी बाँकेले सम्पन्न गर्यो आफ्नो १५ औँ बार्षिक साधारणसभा
  • न्युज मानसराेवर

बाँके\प्रेस चौतारी बाँकेको आफ्नो १५ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।बार्षिक साधारण सभाले  ११ बुँदे  नेपालगञ्ज घोषणा पत्र जारी समेत गरेको छ।  उक्त  साधारण सभाको उद्घाटन गर्दैप्रेस चौतारी केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाली पत्रकारिताको नयाँ प्रयायवाची भएको दाबी गरे ।

उनले जनताको जनजीविकाको बारेमा आवाज बुलन्द गर्ने कार्यमा प्रेस चौतारीले उल्लेखनिय भुमिका निभाउदै आएको दावि गरेका छन।  अध्यक्ष बस्नेतले प्रेस चौतारीको संगठनात्मक संरचनालाई चुस्त दुरुस्त राख्नको लागि बेलाबेलामा प्रशिक्षण, साधारण सभाको आयोजना गरी संंगठनमा निखार ल्याईने कुरामा जोड दिर्दै पत्रकारिता पेशामा मात्र रहेकालाई संगठनको सदस्यता दिईने बताए ।

त्यसै गरी साधारण सभामा चौतारीका केन्द्रिय महासचिव हिरामान लामाले संगठनको अनुशाशनलाई आत्मसाथ गर्दै पत्रकारिताको माध्यामबाट अघि बढ्नको लागि प्रेस चौतारी निश्चित गन्तब्य भएको दाबी गरे ।

साधारण सभामा बोल्दै  एमाले केन्द्रीय सदस्य मो हारुण, चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्यहरु रुद्र सुवेदी, टिका बस्नेत, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, महासचिव निरु गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, लगायतले साधारण सभाको सफलताको कामना व्यक्त गरेका थिए ।

बार्षिक साधारण सभाले पारित गरेको घोषणा पत्र

 

  • १७ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech