बाँके\बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले विश्व मजदुर दिवस ९मे १० २०२३ को अवसरमा शुभकामना व्यक्त गरेका छन। शाहीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना व्यक्त गरेका हुन।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास समेत गरेका छन। उनले स्थानीय सरकार बैजनाथ गाउँपालिका सबै श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित गर्न प्रतिवद्ध रहेको समेत बताएका छन।
नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन्।