कोहलपुर\ बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले राजतन्त्रको औचित्य समाप्त भएको बताएका छन।
आज कोहलपुरमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै ढकालले आम नागरिकहरुमा एक प्रकारको राजनितिक दल प्रति मनौविज्ञान गतल रुपमा पार्न खोजिएता पनि त्यसले देशमा कुनै फेरी राजतन्त्र नआउने दावि गरेका हुन।
ढकालले संघीय संसद कर्मकाण्ड रुपमा पहिलो अधिवेशन अत्य भएको समेत बताए । उनले संसदमा कानून निमार्णमा कुनै बहस समेत नभएको बताए । ढकालले देशको संसद स्थितर नभएका कारण विकास तथा पूर्वाधार निमार्ण जस्ता महत्वपूर्ण कार्य हुन नसक्ने समेत औल्याएका छन। उनले समाजवादी विचारक र यथावादी चिन्तनका विचारकमा भिन्नता भएतापनि यी दुवै विचारकहरुले समृद्धीको यात्रा तए गर्न नसकेका कारण केही तत्वहरु (राजावादीहरु) क्रियाशिल रहेको बताए ।
उनले पछिल्लो समय नेपालमा भू -राजनीतिक प्रभाव बढ्दै गएको र प्रचण्ड सरकारले समेत चाहे अनुरुप कार्य सम्पादन गर्न नसक्ने बताए ।
उनले देशको मूल नीति राजनितिक भएतापनि यहाँ दलालहरुको घेराबन्दी रहेको उल्लेख गरेका छन।
उनले बाँकेको समृद्धीका निम्ति बाँकेका सामुदायिक वन तथा बाँके राष्ट्रिय निकुञ्ज भित्र कुहिएका काठको व्यवस्थापन गर्न दिए मात्र पुग्ने
बताए । उनले कानून निमार्ण भन्दा पनि कसरी कर्मकाण्ड टार्ने र देशलाई कसरी अस्तिर बनाइराख्ने तत्व नेपालमा बलियो रहेको बताए ।
त्यसै गरी ढकालले बाँकेको विकासका लागि बाँकेका सबै संघिय सांसदहरुले सयुक्त रुपमा विकास निमार्णका मुख्य रुपमा नदि कटान रोकथाम ,अन्तरप्रदेश यातायात विस्तार ,पूर्व पश्चिम हाइर्वे क्षेत्रमा ४ लेनको सडक निमार्ण ,नौवस्ता औद्योगिक क्षेत्र निमार्ण लगाएत मुख्य रुपमा गौरवका आयोजनाहरुका संयुक्त रुपमा बजेट माग गरिएको समेत उल्लेख गरेका थिए ।