४ जेष्ठ २०८२, शनिबार

लुम्बिनी प्रदेश सांसद खत्रीः गाउँ बस्ति तिर
  • न्युज मानसराेवर

बैजनाथ\बाँके क्षेत्र नं.३ प्रदेश (क)का प्रदेश सांसद रत्न खत्रीले बैजनाथ गाउँपालिका वडा नं.५ का अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन।

सांसद खत्रीले लुम्बिनी प्रदेश सरकारमा भइरहेको सत्ता राजनीतिक प्रभाव बारे जानकारी गराइएको सांसद खत्रीको सचिवालयले जनाएको छ।

बाँके क्षेत्र नं.३ को विकासका निम्ति आवश्यक योजना बारे छलफल गरियो ,नेकपा एमाले जिल्ला सदस्य लिल बहादुर नेपालीले जानकारी गराएका छन।  खत्रीले लुम्बिनी प्रदेशमा एमाले सरकारले गरेका कामहरु बारे समेत जनाकारी गराएका थिए ।

उनले मानसरोबर पार्क मान खोला नियन्त्रणमा आवश्यक बजेट तथा तत कार्यालयहरुमा आवश्यक पहल गरिएको समेत उल्लेख गरेका थिए । खत्रीले निर्वाचनमा समेत गाउँ घरमा टोलहरुमा नै आफु केन्द्रित हुने आम जनताहरुलाई विश्वास दिलाएका थिए ।

  • २३ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech