बाँके ।बाँके क्षेत्र नं.३ प्रदेश (क) प्रदेश सांसद रत्न खत्रीले जनतासँग अन्तर संवाद गरेका छन। खत्रीले क्षेत्र नं.३ स्थित उढारापुरका जनतासँग अन्तर संवाद गरेका हुन ।
खजुरा गाउँपालिका वडा नं.६ वडा कमिटीको आयोजनामा उक्त अन्तर संवाद कार्यक्रम गरिएको बताइएको छ ।
खत्रीले राष्ट्रिय राजनिति स्तिर नभएका कारण देशमा आर्थिक समृद्धी र विकास हुन नसकेको बताए ।
उनले जनता मौलिक अधिकार स्थापना गर्नाका लागि नेकपा एमालेले देश भर मिसन ग्रासरुट संचालन गरेको बताए ।
एमाले सरकारले नेतृत्व गरेको प्रदेश सरकारले सुशासन प्रवद्र्धन र दिगोे विकासका खास गरी लुम्बनी प्रदेशको समृद्धी निमाणर्मा महत्वपूणर् योगदान गर्ने प्रदेश गौरबका आयोजनाहरु संचालन गरिएको जानकारी गराए ।
उनले मुख्य रुपमा देशका तिन तहका सरकार विच समन्वय गर्दै विकास निमाणर्का लागि क्रियाशिल हुन हुने विश्वास समेत व्यक्त गरे ।
त्यसै गरी दिर्घरोगी प्रकाश पुन वडा कमिटीले संकलन गरेको बाह्र हजार पाँच सय रुपैया उपलब्ध गराइएको थियो ।
कार्यक्रममा वडा कमिटि अध्यक्ष प्रेम लाल श्रेष्ठको अध्यक्षतामा उक्त अन्तसंवाद कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य लिल बहादुर नेपाली जग बहादुर विक लगाएतको सहभागिता रहेको बताइएको छ ।