कोहलपुर\ कोहलपुर नगरपालिकाले आफ्नो १० औँ स्थापना दिवस मनाएको छ। नेपाली काग्रेसका सह-महामन्त्री तथा बाँके क्षेत्र नं.३ का सघिय सांसद किशोर सिंह राठौरको प्रमुख अथिती नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने हरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रदेश सांसद कोहलपुर क्षेत्रका राजनितिक दल समाजसेवि संघ संगठन भातृय संगठन लगाएतको सहभागिता रहेको थियो ।
२०७१ सालमा कोहलपुर गाउँ विकास समिति रझेना गाउँ विकास समिति र समसेरगन्ज गाउँ विकास समितिलाई आवद्ध गराएर कोहलपुर नगरपालिका बनाइएको थियो ।
नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा कोहलपुर क्षेत्रका शैक्षिक संघ संस्थाहरु बन्द गराइएको थियो । १० औँ स्थापना दिवसको अध्यक्षता कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले गरेका थिए ।