बर्दिया\ बर्दिया स्थित ठाकुरबार नगरपालिकाले आफ्नो सार्वजनिक सुनवाई सम्पन्न गरेको छ ।
नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा विषयक सम्बन्धी नगरपालिकाले आफ्नो नगरको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।
ठाकुरबार वडा नं.८ मा गरिएको उक्त सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास केन्द्रले गरेको थियो ।
कार्यक्रममा नगर प्रमुख तिलक लम्सालले उप प्रमुख विना भट्टराई प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले आम नागरिकहरु बाट गरिएका प्रश्वहरुको जवाफ दिएका थिए।
त्यस्तै कार्यक्रममा ठाकुरबाबा नगरपालिका प्रमुख आम नागरिकहरु बाट आएको अपेक्षा तथा सुझावहरु लाई ग्रहण गर्दै सुशासन मैत्री नगरपालिका बनाइने बताए ।
कार्यक्रममा १० बुर्दे प्रतिवद्धता गरिएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा एक सय २५ भन्दा माथीको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो ।