१७ असार २०८२, मंगलवार

बैजनाथमा लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी सहितको अनुगमन
  • न्युज मानसराेवर

बैजनाथ \लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास र बिस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन।  आगामी आर्थिक वर्षको बार्षिक बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र गाभरको बुधबार स्थलगत अनूगमन तथा निरीक्षणका क्रममा मुख्यमन्त्री चौधरीले भने , “प्रदेश सरकारले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिने भएकाले त्यसका लागि आवश्यक योजना बनाएर अघि बढिनेछ ।”

प्रतिनिधीसभा सांसद तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित पुगेका मुख्यमन्त्री चौधरीले प्रदेश योजना आयोग तथा प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखलाई गाभर उपत्यकामा थप लगानी गरी यसलाई प्रदेशकै प्रमुख गन्तव्यको रुपमा अघि बढाउन निर्देशन समेत दिए ।  मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशको प्रवेशद्वारमा रहेको गाभरको पर्यटकीय विकासका लागि होमस्टेसँगै यस क्षेत्रमा वस्ती ब्यवस्थापन, सडक निर्माण तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि योजनावद्ध तयारी गर्न मातहत निकायलाई निर्देशन दिएका थिए ।

प्रदेश मुख्यमन्त्री बैजनाथमा स्यम आउने यहाँको विकास निमार्णमा महत्वपूर्ण योगदान हुने विश्वास लिएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन। हामी हर्षिछौँ, अब आउने बजेटमा बैजनाथको पर्यटन विकासमा केही योजनाहरु आउने आशा लिएका छौँ अध्यक्ष शाहीले भनेका छन।  बैजनाथ १ च्यामा थारुगाउ लाई थारु ग्रामको रुपमा स्थापना गर्न उदेश्यले पर्यटन बिभाग बाट संरचना गत कार्यथालनी भएको महशुस गरेका छौँ शाहीले उल्लेख गरे ।

गाभरका पर्यटन ब्यवसायी कृष्ण चौधरीले मुख्यमन्त्री चौधरीले गाभरको पर्यटकीय विकासका लागि चासो दिदैं स्थलगत अनूगमन गरेपछि आगामी आवको बार्षिक बजेटमा गाभरबासीका माग सम्बोधन हुने बिश्वास ब्यक्त गरेका छन।

स्थानीय बासिन्दाले लायन्स क्लवको सहकार्यमा सुरु गरेको पर्यटकीय गतिविधिमा प्रदेश सरकारले सहकार्य गर्नुपर्ने आफुहरुको माग रहेको उनले भनेका छन। बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गाभर पार्क, थारु परिकारसहितको होमस्टे र जङ्गल सफारीका लागि परिचित छ ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech