बाँके\वर्षात रोकिएसँगै आगलागी र डढेलोका घटना बढ्न थालेका छन्। हाल देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ।
सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ। बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको बताइएको छ।
कैलालीका ९, सिन्धुली र बर्दियाका ८, कञ्चनपुर र सल्यानका ६, खोटाङ, दाङ र अर्घाखाँचीका ५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो लागेको छ।
मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २/२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाडौं, काभ्रे, गुल्मी र भोजपुरका एक/एक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको भनाइ छ।
धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन्। डढेलोका कारण कतिपय स्थानमा मानवीय क्षतिसमेत भइरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।डढेलोका कारण बन्यजन्तुको वासस्थानका साथै महत्वपूर्ण जडिबुटी र काठ नस्ट भइरहेको छ।