७ बैशाख २०८२, आईतवार

खुद्रा व्यवसायी संघको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित
  • न्युज मानसराेवर

बाँके\तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बाँकेको अध्यक्षमा हिमनाथ पौडेल निर्वाचित भएका छन् । नेपालगञ्जमा भएको अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी महिला उपाध्यक्षमा रुक्मिना भातरी, उपाध्यक्षमा सुरेश जंग बन्जारा, सचिवमा युवराज काफ्ले, सहसचिवमा ललितबहादुर कडायत, कोषाध्यक्षमा केदारप्रसाद दहाल निर्वाचित भएका छन् ।

निर्वाचित भएको १६ सदस्यीय समितिको सदस्यमा तुलसीराम अधिकारी, सन्तोष बजगाईं, सन्जु श्रेष्ठ, प्रमिला बस्नेत, सरिता काफ्ले, नरेन्द्र सिंह ठकुरी, अर्चना घिसिङ, चन्द्रमाया नेपाली, तुलसी महता र दिनेश सापकोटा रहेको निर्वाचन समितिले जनाएको छ ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech