बैजनाथ\ बैजनाथ गाउँपालिकाले मृगौलाको प्रारम्भिक जाँच निशुल्क संचालन गरिएको छ । स्थानीय नागरिकहरुको स्वास्थ्य जाँच अन्तर्गत बैजनाथ गाउँपालिका वडा नं.२ र ४ मा पहिलो चरणमा प्रारम्भिक मृगौलाको जाँच परिक्षण शुरुवात गरिएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन ।
यो अभियान सबै वडाहरुमा हुनेछ शाहीले भनेका छन। ४० वर्ष माथीका आम नागरिकहरुको पिसाव बाट प्रारम्भिक परिक्षण गरिने छ ।प्रारम्भिक मृगौलाको परिक्षणको उत्घाटन बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले गरेकी छन।
आम नागरिकको मौलिक अधिकारका रुपमा स्थापित स्वास्थ्य परिक्षण गर्नु सरकारको दाहित्व भएको बताइन। उनले स्थानीय सरकार जनताप्रति जवाफदेही हुनु पहिलो कर्तव्य हो रोकायाले उद्घाटन गर्दै भनिन। ४० वर्ष माथीका आम नागरिकहरुको पिसाव बाट प्रारम्भिक मृगौला परिक्षण गरिने छ । त्यसका साथै सुगर लगाएतका रोगहरुको बारेमा आम नागरिकले लाभ लिन पाउने छन।
पहिलो दिन बडा नं.२ मा कूल १ सय ४५ र वडा नं.४ मा १ सय ७५ जना गरी कूल ३ सय २० जनाले मृगौला परिक्षण गरेका छन। प्रारम्भिक मृगौलाको परिक्षणमा वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य स्वास्थ्य शाखाका कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।