२४ बैशाख २०८२, बुधबार

डिजेल र मट्टीतेलको मूल्य १०-१० रुपैयाँ घट्यो
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । ‘पेट्रोलको मूल्य समायोजन नगर्दा भारतमा भन्दा नेपालमा प्रतिलिटर २३ पैसा बढी छ ।

  • २ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech