१७ असार २०८२, मंगलवार

सीपलाई प्रयोगमा ल्याउन मेयर आचार्यको आग्रह
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले सीपलाई व्यबहारिकरुपमा प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।

कोहलपुर नगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त साझेदारीमा संचालित तीन महिने प्लम्विङ तालिमको अनुगमन गर्दै नगर प्रमुख आचार्यले सिकेको सीपको सदुपयोग गर्न सुझाव दिए ।

युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारतर्फ समाहित गर्ने गरी नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको पनि उनको भनाइ छ ।

यस्तै नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्रीले बेरोजगार युवाहरूलाई रोजगार प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । नगरपालिकाको २ लाख ५० हजार र नेपाल यूथ फाउन्डेसनको ५ लाखको लागतमा तालिम आयोजना गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख वीरबहादुर बिकले बताए । तालिममा १६ जना सहभागी भएका छन् ।

  • ३ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech