८ मंसिर २०८१, शनिबार

लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्ववियू निर्वाचन​​
  • न्युज मानसराेवर

बुटवल\बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो ।

गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलले स्ववियू निर्वाचनको मिति तोक्न उत्प्रेरषणयुक्त आदेश दिएको थियो ।

क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते निर्वाचन हुनेछ । क्याम्समा चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।अदालतको आदेशअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगन गरेपछि क्याम्पसविरुद्ध रिट निवेदन परेको थियो ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशन बाँकी रहेको निर्वाचन सम्पन्न गर्न परिपत्र समेत गरेको थियो । स्ववियू चुनाव देशभर गएको चैत ५ गते भएको थियो । छिटपुट विभिन्न मितिमा हुँदै आएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व स्ववियू सचिव एवं नेकपा एमाले रुपन्देहीका विद्यार्थी फाँट प्रमुख यम पाण्डेले विद्यार्थी हक हित र अधिकारको संरक्षण गर्न,  योग्य नेतृत्व उत्पादन र स्थापित गर्न स्ववियु कोशेढुंगा रहेको बताए ।

‘विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने खेलमा राजनीतिक दलहरू लाग्न हुन्न’ उनले भने । स्वच्छ निर्वाचनका लागि दलहरूले सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना विद्यार्थी संगठनहरू परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

  • ३ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech