बाँके\नेकपा एमाले बाँकेले ३० औँ मदन आश्रित स्मृति दिवस मनाएको छ। नेकपा एमाले बाँकेको आयोजनाका पार्टी कार्यालयमा उक्त मदन आश्रितको ३० औँ स्मृति दिवस मनाइएको हो ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको स्मरण गर्दै नेकपा एमालेले ३० औँ स्मृति दिवस मनाइएको हो ।
स्मृति दिवसको अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र स्वयम् नेपालमा पनि शुद्धतावादी देखिने नाममा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि अनेक आरोप लगाएर वस्तुतः आफैँ कमजोर बनिरहेको अवस्थामा हिम्मतका साथ प्रतिस्पर्धा र पहलकदमीमा आधारित राजनीति अंगीकार गर्दै जनताको बहुदलीय जनवाद अघि सारेर मदन भण्डारीले गरेको दिशानिर्देशकै कारण आज उहाँ भौतिक रुपमा हाम्रा सामु नभए पनि राजनीतिक र वैचारिक रुपमा झन्–झन् सान्दर्भिक हुँदै हुदै गएको छ ।आज मुलुक यहि विचारको वरिपिर घुमिरहेको छ । ढकालले भनेका छन।
कार्यक्रममा केन्द्रिय सदस्य प्रदेश कमिटी सदस्य जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपति जिल्ला सचिव रत्न खत्री क्षेत्रिय अध्यक्ष भातृय संगठन प्रमुख लगाएतको सहभागितामा पार्टी कार्यालयमा उक्त स्मृति दिवस मनाइएको थियो ।
कार्यक्रममा बक्ताहरुले मदन भण्डारी तथा जिवरान आश्रितको राजनितिक चर्चा परिचर्चा गरेका थिए ।