बाँके\ लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले जनतासँग अन्तर संवाद गरेका छन । बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ मा खत्रीले जनतासँग अन्तर संवाद गरेका हुन। बाँके क्षेत्र नं.३ क बाट निर्वाचित खत्री आफ्नो मतदाता विच आगामी बर्षका लागि आयोजनाहरु बारे स्थानीय जनतासँग अन्तर संवादमा केन्द्रित भएका छन।
उक्त अन्तर संवादमा स्थानीय समुदायले मुख्य रुपमा करेलि खोला कटानको तटबन्ध ,मानखोला तटबन्ध ,सुर्यदोय मा बि को भौतिक पुर्बधार, लिफ्ट सिचाइ आयोजनाहरु स्थानीयले माग गरेका छन।
आगामी बजेटमा योजनामा ल्याउने प्रयासमा छु ,सांसद खत्रीले भनेका छन।उनले विकासलाई विकेन्द्रिकण गर्दै तिन तहका सरकार विच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन। समृद्ध बाँके निमार्णका लागि बाँके जिल्ला बाट प्रतिनिधित्व गर्ने सबै माननीय ज्यूसँग यसरी नै अन्तर संवाद गरेर आयोजनाहरु वर्गिकरण गर्ने योजना खत्रीको रहेको छ ।
खत्रीले आफ्नो निर्वाचन क्षत्रेका सबै टोलहरुमा आगामी वर्षका लागि आवश्यक आयोजनाहरु जनतासँग माग गर्ने कार्यक्रम रहेको बताउँछन। खत्री युवा नेता हुन ,उनी नेकपा एमालेको जिल्ला सचिव समेत हुन ।
मुख्य रुपमा यसरी निर्वाचित भएर जनताको घर आगमनमा आयोजनाहरु के के आवश्यक छ ? भन्ने संस्कारको विकास भएको देख्दा खुसी प्रकट गर्छन ७० बर्षे एक स्थानीय गुमान बहादुर दमाई। धेरै गए यसरी निर्वाचित भएर ,गएपछि विरलै कोही अहिले सम्म आएका थिएनन। उहाँ आउनु भयो र योजना के के आवश्यक छ? भन्ने उहाँ पहिलो सांसद हो,दमाई संझन्छन ।
त्यस्तै गाभर भ्यालीमा रहेको रारा बस्ति क्षेत्रमा बन्य जन्तुले अन्न बालीमा पुर्याएको क्षति र तत्काल राहत नभएको गुनासो र त्यसको उचित समाधान गर्न पहल गर्ने मौका पाइएकोमा खुसी व्यक्त गर्छन ,स्थानीय वकिल जंग शाही।विकासको माग बैजनाथ १ का धनभक्त बुढाको पनि छ । पानीको अभावले सिचाई राम्रो हुन सकेको छैन स्थानीय किसान मर्कामा छन।
आगामी वर्षको बजेटमा लिफ्ट सिचाइ आयोजना ल्याउन सके कृषि उत्पादन बृद्धि हुने उनको आशा छ ।रारा बस्तिका कृष्ण ढाकालको पनि अपेक्षा छ ,उत्पादिन बस्तुको बजारीकरण र कृषिमा अनुदानका विशेष कार्यक्रम प्रदेश सरकारले संचालन गर्नु पर्छ, भन्ने उनको आशा छ।
शिक्षक पेशा बाट अवकाश लिएका ढकाल पछिल्लो समय कृषि पेशा अन्तगर्त भैसी पालन गर्दै आइरहेका छन। देशकोआर्थिक मापन खस्कदै गएको अवस्थामा कृषि पेशामा बजेट ल्याउन सके न्यूनतम देशको आर्थिक स्तर सुधार हुनेछ।आवश्यक अनुसार घर घरमा रोजगारी सृजना हुने छ ढकालले भने ।