१७ असार २०८२, मंगलवार

निरौलाको एकल गजल वाचन कोहलपुरमा सम्पन्न
  • रामकृष्ण छिनाल

कोहलपुर \कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३ औं स्मृति दिवसको अवसरमाआज शनिबार गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रम सम्पन्न गरिएको छ ।

गजल गायनबाट धेरैको मन जित्न सफल गजलकार निरौलाले कोहलपुरस्थित बालज्योति माविमा आयोजना गरिएको सो कार्यक्रममा दर्जन बढी गजलहरु गाएकी थिइन।

यस क्षेत्रका दुई दर्जन बढी साहित्यकार र विद्यालयका सयौं विधार्थी तथा शिक्षकहरूको उपस्थितमा सम्पन्न भएको एकल गजल वाचन कार्यक्रममा गजलकार देवकी निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा गजलकार  केशव निमेशले प्रकाश पार्नुभएको थियो भने स्व. टिकाराम सुवेदीको व्यक्तित्वका बारेमा साहित्यकार बद्री ढकाल हिरामनीले प्रकाश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले बोल्दै केही समयदेखि कोहलपुर यस क्षेत्रकै प्रमुख साहित्यिक गतिविधि र कार्यक्रमको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरेका छन।उनले बाँके जिल्ला देशको उर्वर भूमिका रुपमा स्थापित भएको बताए ।  कला, साहित्य र संस्कृतिले देशलाई अन्तर्राष्ट्रिय  स्तरमा  पैचान बनाउन सहज हुने ढकालको तर्क रहेको थियो ।

कार्यक्रममा बालज्योति माविका संस्थापक लक्ष्मी सुवेदी, चिरन्जीवी सुवेदी, प्रधानाध्यापक दामोदर पौडेल, विद्यालयका शिक्षक तथा साहित्यकार प्रकाश मरासिनी लगायत ठुलो संख्यामा साहित्यप्रेमी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । तस्विरःसुमित्रा न्यौपाने 

  • ६ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech